जुम्ला चन्दननाथबाट चोरी भएको दाहीने शङख भेटियो

  ।   २२ आश्विन २०७७, बिहीबार २०:३०

असोज २२, जुम्ला ।

जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो ।

तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Next Post

बिद्यार्थीद्वारा शुल्क घटाउन माग

२२ आश्विन २०७७, बिहीबार २०:३०
महेन्द्र बिक असोज २२, सुर्खेत । मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस बिरेन्द्रनगर सुर्खेतमा अध्ययनरत बिद्यार्थीहरुले शुल्क घटाइदिन माग गरेका छन् । पत्रकारिता र आमसञ्चार बिषय अन्तर्गत स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले शुल्क घटाइदिन क्याम्पस प्रशासन समक्ष माग गरेका हुन् । विद्यार्थीहरुले एक संयूक्त निबेदन पेश गर्दै कोभिड-१९ का कारण सिङ्गो […]