बिद्यार्थीद्वारा शुल्क घटाउन माग

  ।   २३ आश्विन २०७७, शुक्रबार ०७:३०

महेन्द्र बिक

असोज २२, सुर्खेत ।

मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पस बिरेन्द्रनगर सुर्खेतमा अध्ययनरत बिद्यार्थीहरुले शुल्क घटाइदिन माग गरेका छन् । पत्रकारिता र आमसञ्चार बिषय अन्तर्गत स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले शुल्क घटाइदिन क्याम्पस प्रशासन समक्ष माग गरेका हुन् ।

विद्यार्थीहरुले एक संयूक्त निबेदन पेश गर्दै कोभिड-१९ का कारण सिङ्गो देश संकटमा रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र पनि निकै आर्थिक संकटमा परेको हुँदा यसअघि तोकिएको मासिक ४ हजार ५ सय शुल्क तिर्न नसकिने जानकारी गराएका छन् । क्याम्पस प्रशासन र बिद्यार्थीहरुबीच यसअघि भएको छलफलमा समेत शुल्क घटाउने सहमती भएको तर त्यो सहमती कार्यान्वयन नगरिएको उनिहरुको गुनासो रहेको छ ।

शिक्षण समिती प्रमुख, डिनको कार्यालय, रजिस्ट्रारको कार्यालय, परिक्षा ब्यबस्थापन कार्यालय र उपकुलपतिको कार्यालयलाई बोधार्थ बनाइएको उक्त निबेदनमा तत्काल लिदै आएको शुल्कबाट घटाइ बढिमा २ हजार सम्म निर्धारण गर्न माग गरिएको र यदि त्यसो नगरिए आफुहरु शुल्क तिर्न बाध्य नहुने र नतिर्ने समेत जानकारी गराइएको पत्रकार तथा उक्त क्याम्पसमा पत्रकारिता र आम सञ्चार बिषयमा  अध्ययनरत पहिलो सेमेस्टरका विद्यार्थी चक्र केसीले बताए ।

Next Post

बैतडीमा जिप दुर्घटना १० जना घाइते

२३ आश्विन २०७७, शुक्रबार ०७:३०
बैतडी असोज २३ । बैतडीमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा […]