भोलिदेखि कर्णाली प्रदेश स्तरीय ‘पञ्चकोशी कप

  ।   १३ असार २०८३, शनिबार १८:५९

कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप-२०८३’ आइतबारदेखि दैलेखको दुल्लुमा सुरु हुँदैछ। आइतवार उद्घाटन हुने  उक्त प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहने र  प्रतियोगितामा यस पटक आकर्षक पुरस्कार राशी राखिएको बताइएको छ।

आयोजक कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैँया, उपविजेताले २ लाख रुपैँया, तेस्रो हुने टोलीले १ लाख रुपैँया तथा सान्त्वना पुरस्कार स्वरूप ५० हजार रुपैँया प्राप्त गर्नेछन्।

कर्णाली प्रदेशमा आयोजना हुने भलिबल प्रतियोगिता मध्ये हाल सम्मकै  उच्च पुरस्कार राशी भएको प्रतियोगिता मध्ये एक रहेको अध्यक्ष श्रेष्ठले बताए। दूल्लुमा तिनदिन सम्म चल्ने प्रतियोगितामा भब्य कार्यक्रम माँझ उद्घाटन हुँदैछ।

प्रतियोगितामा सहभागी प्रत्येक जिल्लाबाट १० जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक सहभागी हुनेछन्। सहभागी टोलीलाई यातायात खर्च (गाडी भाडा) सहित बसोबास र खानपानको व्यवस्था आयोजकले गर्ने जनाएको छ।

यसले गर्दा जिल्लाहरूलाई आर्थिक भार नपर्ने र उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित हुने अपेक्षा गरिएको छ। प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, कर्णाली प्रदेश भलिबल संघको आयोजना तथा नगर खेलकुद विकास समिति, दुल्लुको सह–आयोजनामा सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा भलिबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, जिल्लाबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण तथा प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

दुल्लुमा हुने यस प्रतियोगिताले खेलकुद गतिविधि सँगै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रदेशभरका खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ।

Next Post

पहिले पक्राउ, पछि कसुर खोज्ने प्रवृत्ति : शक्ति दुरुपयोग कि अनुसन्धानमा लापरबाही ?

१३ असार २०८३, शनिबार १८:५९
नेपाल प्रहरीले पछिल्लो समय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र पछि मात्र कसुर खोज्ने प्रवृत्ति देखिएको छ, जसले फौजदारी न्याय प्रणालीको मूल सिद्धान्तमाथि प्रश्न उठाएको छ। राजनीतिक हस्तक्षेप, शक्ति दुरुपयोग र अनुसन्धानमा लापरबाहीका कारण प्रहरीको व्यावसायिक स्वतन्त्रता कमजोर हुँदै गएको विज्ञहरू बताउँछन्। प्रहरी प्रशासनले कानुनअनुसार निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा, राजनीतिक निर्देशन र […]