श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार

  ।   २० मंसिर २०७७, शनिबार ०९:१५

२० मंसिर, काठमाडौं ।

नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् ।

उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् ।

‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु ।’ श्वेताले केही समय अगाडी भनेकी थिइन् ।

श्वेता विजयन्द्रको विवाहको कार्ड सार्वजनिक भैसकेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह हुने भएको छ ।

नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो । राजधानी दैनिक

Next Post

२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

२० मंसिर २०७७, शनिबार ०९:१५
मंसिर २०,काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको […]