बाजुराको बिछिया केन्द्रविन्दु भएर भुकम्प

  ।   २९ जेष्ठ २०८०, सोमबार १०:०७

जेठ-२९, बाजुरा । बाजुराको बिछिया केन्द्रविन्दु भएर आज साेमवार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही जेठ १४ गते सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम चलिरहेकाे छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

Next Post

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना, आठ जनाको मृत्यु

२९ जेष्ठ २०८०, सोमबार १०:०७
जेठ-२९, प्युठान / प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको निजी गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला […]