नेपालगन्जका सम्पूर्ण शैक्षिक संस्थाहरु एक साता बन्द गरिने

  ।   २ बैशाख २०७८, बिहीबार १५:०९

नेपालगञ्ज, बैशाख २ ।

नेपालगञ्ज उप–महानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उप-महानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।  माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । माक्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

Next Post

घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व बुझाउन सकिने प्रणाली सुरु

२ बैशाख २०७८, बिहीबार १५:०९
बैशाख २, काठमाडौ । अब घरमै बसेर आफ्नो जग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व समेत बुझाउन पाउने प्रणाली आजबाट सुरु भएको छ । नापी विभागले ‘मेरो कित्ता प्रणाली’को सुरुवात गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीेले यो प्रणालीको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधरबार देशबासीका नाममा सम्बोधन गर्दै मेरो […]