
सुर्खेत । कक्षा १२ को परीक्षा आजदेखी सुरु भएको छ ।
बिहान ८ बजेबाट सुरु भएको परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदै छन् । त्यसै गरी ५६ हजार बढीले ग्रेड वृद्धि परीक्षा दिने कार्यालयले जनाएको छ ।
देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परिक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।

