
काठमाडौँ,असोज २५ गते ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । शुक्रबार पाटन अस्पताल भर्ना भएका पोखरेललाई शनिबार कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना पोजिटिभ देखिएपछि उनी अहिले आइसोलेसनमा बसिरहेका मन्त्री पोखरेलका सहयोगी विनोद न्यौपानेले बताए ।
शुक्रबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना पुष्टि भएको थियो ।

