चल्दै गरेको बसमा आगो लागेर नष्ट

  ।   २८ कार्तिक २०७७, शुक्रबार ०६:३१

फाइल तस्वीर 

मनोज डाँगी

कार्तिक २७, दाङ ।

दाङ देउखुरीको जुरौनीमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ । पोखराबाट तुलसीपुर तर्फ जाँदै गरेको ना ५ ख ३६६ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको हो ।

कालाकाटे र धानखोला बीचको जंगल क्षेत्रमा उक्त बसमा आगलागी भएको अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी प्रमुख उज्जवल शाहले जानकारी दिए । आगलागीबाट बस पूर्ण रुपमा जलेर खरानी भएको छ । बसको ईञ्जिनमा वाईरिङ्ग सट भएर लागलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख शाहले बताए । बसमा २३ जना यात्रु थिए ।

आगलागीबाट यात्रुहरुलाई भने केही नभएको र सबै यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।आगलागीबाट बस भित्र रहेको यात्रुहरुको समान समेत जलेर पूर्ण रुपले खरानी भएको छ । उक्त बसका यात्रुहरुलाई अर्को बसको व्यवस्था गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

नेकपाको सचिवालय बैठक आज

२८ कार्तिक २०७७, शुक्रबार ०६:३१
कार्तिक २८, काठमाडौं । दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तासीन दल नेकपाको सचिवालय बैठक शुक्रबार (आज) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्। बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा […]