कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

  ।   ३० असार २०८३, मंगलवार ०९:०७

यहि  असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव भेटिएको छ ।

दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि शनिबार अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी नगरपालिका–८ माझिगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो ।

यसअघि पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा, रास्कोट नगरपालिका–२, खड्कागाउँ, कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव भेटिएको थियो ।

दुर्घटनामा बेपत्ता भएका सुवेदीका भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अझै फेला परेका छैनन् । सुवेदी र गाडीको खोजीमा गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना परिचालन भएको छ ।

Next Post

अर्जेन्टिना-इंगल्याण्डको टिकट फ्रान्स-स्पेनको भन्दा दोब्बर महँगो

३० असार २०८३, मंगलवार ०९:०७
जारि विश्वकप फुटबल २०२६ को सेमिफाइनल खेल फुटबलका शक्तिशाली राष्ट्रहरू आमनेसामने हुँदैछन्। तर, रोचक कुरा के छ भने एउटा खेलको टिकट मूल्य अर्कोको तुलनामा दोब्बरभन्दा बढी अहंगो देखिएको छ। फिफा विश्व वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्सले आज डलास रंगशालामा तेस्रो स्थानको स्पेनसँग महाभिडन्त गर्दैछ। नेपाली समयअनुसार यो खेल बुधबार बिहान […]