गोलि हानेर लागुऔषध कारोबारी गर्ने एक पक्राउ तीनजना भागे

  ।   १९ असार २०८३, शुक्रबार २०:५७

नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ। भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो।

निजलाई आज सिरहाको लागुऔषध नियन्त्रण ब्यूरो शाखा र स्थानीय प्रहरी टोलीको सहयोगमा सिरहाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। कलामले प्रहरीमाथि पेस्तोल तेर्साएपछि निजलाई नियन्त्रणमा लिन गोली हान्नु परेको उनले बताए।

कलामले भारतको लालबनियाँ नाकाबाट नेपालको सिराहा, महोत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म लागुऔषध हेरोइन ओसारपसार गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको उनले बताए। उनका अनुसार लागुऔषध ओसारपसार गर्ने गिरोहमा सहभागी अन्य तीन जना भने फरार भएका छन्।

पक्राउ पर्न लागेको थाहा पाएपछि सुरुमा गिरोहले कटुवा पेस्तोलबाट प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतवानी दिँदा अटेर गरी कटुवा पेस्तोल ताकिरहेकाले बायाँ खुट्टाको घुँडामुनी एक राउण्ड फायर गरी पक्राउ गरिएको ब्यूरोले सार्वजनिक गरेको घटना विवरणमा उल्लेख छ।

निजको साथबाट लागुऔषध खैरो हेरोइन ११५ ग्राम २० मिलिग्राम तथा कटु्वापेस्तोल पनि बरामद भएको छ। साथै घाइतेको प्रदेशिक अस्पताल सिराहामा उपचार भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रेग्मीले फरार रहेका तीन जनाको खोजतलास जारी रहेको बताए।

 

Next Post

दुई दिनसम्म पनि भेटिएन कर्णालीमा खसेको गाडी

१९ असार २०८३, शुक्रबार २०:५७
 बिहवार सुर्खेतबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सहित आसपासका प्रहरी इकाईबाट झण्डै एक सय प्रहरी खटिएका छन् । गाडी खोज्न सशस्त्र प्रहरीका ६ जना गोताखोर पनि खटाइएको छ । […]