रजिष्ट्रारसहित न्याय सेवाका २९१ अधिकृतको सरुवा

  ।   २५ आश्विन २०७७, आईतवार १६:१५

काठमाडौं : न्याय सेवा आयोगले न्याय समूह, सरकारी वकिल र कानुन समूहका अधिकृतको व्यापक सरुवा गरेको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले सरुवाको निर्णय गरेको हो।

सर्वोच्च अदालत र उच्च अदालतका रजिष्ट्रार, सह-रजिष्ट्रार, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्तालगायतका २९१ जना अधिकृत छन्।

सरुवामा उपत्यकामा कार्यरत अधिकृतलाई बाहिर पठाइएको छ। सरुवाको विवरण सर्वोच्च अदालतको वेवसाइटमा राखिएको छ।

Next Post

पछिल्लो २४ घण्टामा थपिए २ हजार ७१ कोरोना संक्रमित

२५ आश्विन २०७७, आईतवार १६:१५
असोज २५, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४२७ जनाको पिसिआर गर्दा २ हजार ७१ जनामा संक्रमण देखिएको हो। यस्तै, १५ सय ५२ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट २२ […]