
जेठ-२९, प्युठान / प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको निजी गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लैजादै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

