वीरेन्द्रनगरमा आजदेखी नगर बस सञ्चालन हुने, यस्तो छ रूट

  ।   १ असार २०८०, शुक्रबार ०६:१८

असार-१, सुर्खेत ।

वीरेन्द्रनगरमा आजबाट नगर बस सञ्चालन सुरु हुँदै छ । संयुक्त यातायात व्यबस्थापन समितीले आजबाट वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्ने लागेको हो । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलिायाबिटदेखि बाङ्गेसिमलसल रुटमा सेवा सुचारु गर्न लागिएको हो ।

दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट-मंगलगढी-मुलपानी-प्रदेश अस्पताल-कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल हुदै पुन: सोही  रूट भएर गाडीहरू फर्कने छन्।

वीरेन्द्रनगरमा  अटोले नगर क्षेत्रमा मनोमानी गर्न थालेको जनगुनासो बढ्न थालेपछि संयुक्त यातायात व्यबस्थापन समितीले आफ्नै नगर बस सञ्चालन गर्न लागेको हो । #नेपालीरैवारबाट

Next Post

कर्णालीको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख, गत आर्थिक बर्षभन्दा करिव एक अर्ब बढी

१ असार २०८०, शुक्रबार ०६:१८
असार-१, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ । यो बजेट गत आर्थिक बर्षको तुलनामा झन्डै १ अर्ब बढी हो । यसपटक चालुतर्फ  रू. ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ रू.१९ […]