रोपाइँको सिजन मलको अभाव, किसानको समस्या

  ।   २५ असार २०८३, बिहीबार १०:४४

बिष्णु कुमार शाही

असार महिना देशै भर धान रोपाइँको मुख्य सिजन चलिरहेको छ . यस्तै दैलेखको ठाटिकाध गाउ पालिका ६ मा पनि करिब ९० प्रतिशत धान रोपाइको काम सम्पन्न गरि सकेका छन् किसानहरुलाइ मलको अभाव देखिएपछि किसानहरू समस्यामा परेका छन्। असार सुरु भएसँगै रोपाइँमा व्यस्त किसानहरूलाई रोपाइँपछि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढेको छ।

बिगत वर्ष झैँ यस वर्ष पनि मल अभावकै बीच धान रोपाइँ गर्न बाध्य भएको त्यहाका किसानहरु बताउछां । उनले विगतमा सहकारीमार्फत सुलभ मूल्यमा मल पाउने गरे पनि यस पटक सहज आपूर्ति नहुँदा समस्या भएको बताउछन। ‘किसानले समयमा मल पाउँदैनन्, मल नहुँदा बालीको उत्पादनमा असर पर्छ,’ उनको भनाइ छ।

त्यस्तै गाउघरमा गाइ भैसी बस्तु भाउ पाल्न छोडीसकेकाले पनि रासायनिक मलमा निर्भरता बढेको हो रमेश रोकायाले बताए . सिचाइको अभावले पनि किसानहरुलाई समस्तया परेको हुन्रछा बर्षा भए पछी किसानहरु खुशी हुदै धान रोप्न लागि परेको पनि रोकायाले बताए . सिचाई र मलको सधै अभाव हुने गरेको गुनासो गरे। ‘जुन सरकार आए पनि मलको व्यवस्था हुँदैन,’ उनले भने।

किसानहरूले सहकारीमार्फत सहुलियत दरमा मल नपाएपछि निजी पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएको बताएका छन्। सिजनको समयमा हरेक वर्ष दोहोरिने मल अभावले किसानहरू थप चिन्तित बनेका छन्।

मल अभावसँगै आकाशे वर्षा पनि नहुँदा किसानहरू दोहोरो मारमा परेका छन्। किसानहरूले संघ, प्रदेश र स्थानीय सरकारलाई समयमै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्, अन्यथा उत्पादन घट्ने र कृषि प्रणाली प्रभावित हुने उनीहरूको भनाइ रहेको छ ।

तस्बिर रमेश बहादुर रोकाया

Next Post

कर्णाली चिसापानीमा एयानपीआर क्यामरा जडान

२५ असार २०८३, बिहीबार १०:४४
बिष्णु कुमार शाही सुदुरपश्चिम प्रदेशको प्रबेस द्रारको रुपमा रहेको कर्णाली चिसापानीमा प्रदेश मै  पहिलो एयानपिआर क्यामरा जडान गरिएको छ | प्रदेश सरकारको सहयोग र वडा अधक्षको पहलमा उक्त एयानपिआर क्यामरा जडान गरिएको हो | पूर्व पश्चिमा राजमार्ग भएका कारण दैनिक हजारौ गाडीहरु वोहोर दोहोर गर्ने भएकाले कुनै दुर्घटना भए गाडी […]