भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

  ।   १० आश्विन २०८३, शनिबार ०८:३३

देश भर लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुले आज बिहान ६ः०० देखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छन .

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन्।

बैतडीमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ। दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन्।

दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Next Post

डोल्पामा पहिरोसँगै खसेको ढुंगा लागेर एक जनाको मृत्यु

१० आश्विन २०८३, शनिबार ०८:३३
अविरल वर्षाका कारण गोठमाथिबाट खसेको ढुंगाले लाग्दा डोल्पामा एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१, खलवलगाडाका ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार राति करिब पौने १० बजे बगरहेराल खोलास्थित त्रिपालले बनाइएको गोठमा मनरूप र उनका भाइ ३८ वर्षीय चन्द्ररूप केसी सुतिरहेका […]