राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा अव्यवस्थित रूपमा गाडी पार्किङ गरी त्रास फैलाउने घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्।
सोमबार विभिन्न सञ्चारमाध्यमको कार्यालय आसपास अव्यवस्थित रूपमा गाडी पार्किङ गरेर त्रास सिर्जना गरिएको घटनाप्रति बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले यसमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही हुनुपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने होइन। यस्तो बचपना देखाएर राजकाज चल्छ?’उनले प्रश्न गरेका छन्
उनले आपत्ति जनाउँदै थपेका छन्, ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ।’
