रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने

  ।   १० बैशाख २०७८, शुक्रबार ०५:५८

बैशाख १०, काठमाडौं ।

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्यको पतपूर्तिका लागि उपनिर्वाचन मिति घोषणा गरेको हो । नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल) को सांसद पद खारेज भएसँगै उक्त पद खाली रहेको थियो ।

राष्ट्रियसभामा रिक्त स्थानमा पदपूर्तिका लागि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Next Post

कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

१० बैशाख २०७८, शुक्रबार ०५:५८
बैशाख १०, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी सदस्य र संसद सदस्य दुबै न रहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह […]