कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

  ।   १० बैशाख २०७८, शुक्रबार १४:०२

बैशाख १०, काठमाडौं ।

नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी सदस्य र संसद सदस्य दुबै न रहने गरी कारवाही गरेको छ ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको आज बसेको बैठकले गरेको हो ।

निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।

त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । देवी ओलीलाई पनि कारवाही गर्न बैठकमा कर्णबहादुर थापा, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी लगायतका नेताले माग गरेका थिए ।

Next Post

पूर्व राजा-रानी अस्पताल भर्ना

१० बैशाख २०७८, शुक्रबार १४:०२
बैशाख ११, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए।  उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन्। केही दिनअघि भारतको हरिद्वारबाट […]

सम्बन्धित