लागु औषधसहित दुई जना पक्राउ

  ।   २२ कार्तिक २०७७, शनिबार १६:५४

कार्तिक २२, दैलेख ।

दैलेखको आठविस नगरपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० बर्षीय दिपेन्द्र कुमार घर्ती र विरेन्द्रनगर नगरपालिका –३ एरीचोकका २० बर्षीया आरोशी पुलामी मगरलाई पक्राउ गरिएको हो ।

कर्णाली राजमार्गमा रहेको प्रहरी चौकी पाल्तडाले ती दुईजनालाई पक्राउ गरिएको पाल्तडाका प्रहरी सहायक निरिक्षक थुम बहादुर घर्तीले जानकारी दिए । उनले भने, ‘रामघाट बजारमा सँगै हिडिरहेका थिए । तिनिहरुको गतिविधी हेर्दा शंका लाग्यो खानतलासी गर्दा लागु औषध भेटियो ।

खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो । झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०/१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १०/१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन फेला परेको थियो ।

पक्राउ परेका दुईजनालाई लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान थालिएको दैलेखका प्रहरी नायब उपरिक्षक `डीएसपी´ अनुपम श्रेष्ठले जानकारी दिए ।

Next Post

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

२२ कार्तिक २०७७, शनिबार १६:५४
मनोज डाँगी सल्यान, कार्तिक २२ । सल्यानमा शनिवार लु १ ज २९११ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा […]