अटो दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाइते

  ।   २५ श्रावण २०८३, सोमबार १६:५१

कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ३ जना घाइते भएका छान । कर्णाली  प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटनामा परि मृत्यु हुनेमा महावै गाउँपालिका- ५, गेलाका ३५ वर्षीय मंगलबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जनाएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ उनका अनुसार, सोमबार सुर्खेत- जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका- ७ पिलीबाट सदरमुकाम मान्मतर्फ आइरहेको उक्त अटो सडकको पर्खालमा ठोकिएर दुर्घटना भएको हो .

 

Next Post

सभामुखले भने- संसद्मा सम्बोधन गर्नू, प्रधानमन्त्रीले भने- विचार गर्छु

२५ श्रावण २०८३, सोमबार १६:५१
सभामुख डोलप्रसाद (डीपी) अर्यालले देशको समसामयिक विषयमा संसद्‌मा उपस्थित भएर सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। सभामुखको उक्त आग्रहमा प्रधानमन्त्री शाहले भने ‘विचार गर्ने’ प्रतिक्रिया दिएका छन्। मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा सभामुख अर्यालले सो आग्रह गरेका हुन्। करिब ४० […]