
कर्णालीलाइभ समाचारदाता ।
पौष-१, सुर्खेत ।
नेपाल बीउ व्यवसायी संघ कर्णाली प्रदेशको पाँचौ अधिबेशन सम्पन्न भएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न अधिबेशनले १३ सदस्यीय प्रदेश स्तरीय कार्यसमिती गठन गरेको छ ।
नवगठित समितिको अध्यक्षमा यामप्रसाद शर्मा ,वरिष्ठ उपाध्यक्ष सर्जुमा लामा , उपाध्यक्ष पुण्य प्रसाद शर्मा, महासचिब निसान्त पाण्डे, सचिब रेशम शाही , कोषाध्यक्ष पवन शाही निर्बिरोध निर्वाचित भएका छ्न ।
त्यसैगरी सदस्यहरुमा बिपिन ज्ञावली, देबि पङ्गाली, बालिका पौडेल, डिलबहादुर रोकाय, गणेश शाही, टिकाराम बिष्ट, रुद्र चपाइ चयन भएको अध्यक्ष यामप्रसाद शर्माले बताए । समितिको पहिलो बैठकले दुई जना सदस्य मनोनित र सल्लाहकार समिती समेत मनोनित गर्ने अध्यक्ष शर्माले जानकारी दिएका छ्न् ।

