कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द

  ।   १४ आश्विन २०७७, बुधबार ०५:५०

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

Next Post

दुई बिघा ऐलानी जग्गाको ‘अवैध बिक्री’ छानबिन गर्न माग

१४ आश्विन २०७७, बुधबार ०५:५०
बुटवल उपमहानगरपालिका वडा नंं. १७ का दुई सरकारी विद्यालयले दुई बिघा जग्गा अवैधरुपमा बिक्री गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले छानबिन गर्न माग गरेको छ । मोतिपुर मावि र जनशक्ति प्राविले भोगचलन गर्दै आएको ऐलानी जग्गा विद्यालयको खर्च चलाउने नाममा विद्यालय व्यवस्थापन समितिहरुले २०६५ सालदेखि पटक–पटक गरेर अवैधरुपमा बिक्री […]