कञ्चनपुरका एक ग्राहकले पाए १० लाखको बम्पर उपहार

  ।   २२ श्रावण २०८३, शुक्रबार १६:१४

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ।

कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका व्यक्तिले १० लाख रुपैयाँको उपहार जितेका हुन्। कुपन नम्बर ००७ ३१५ २५४ ४९३ भएका उपभोक्ताले १० लाख रुपैयाँ जितेका हुन्। उनले साउन ७ गतेको दिन सामान किनेका थिए। विजेताको नाम भने सार्वजनिक गरिएको छैन।

अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो।

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो।

Next Post

पलाता अस्पतालमा तोडफोड, चिकित्सकसहित ६ जना कुटिए

२२ श्रावण २०८३, शुक्रबार १६:१४
कालीकोटको पलाता गाउँपालिका–९ थिर्पूस्थित पलाता अस्पतालमा कार्यरत चिकित्सकसहित ६ जनालाई स्थानीयले कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ। शुक्रबार दिउँसो दुई बालकले अस्पताल परिसरमा भिडियो गेम खेलेर बिरामीलाई डिस्टर्ब भएपछि सम्झाउने क्रममा विवाद भएको र त्यसले उग्र रूप लिँदा चिकित्सकसहित तीन जना कुटिएका थिए। राति सोही समूहले अस्पतालमा तोडफोड गर्दै थप […]

सम्बन्धित