बाबुराम र हिसिलाको कोरोना रिपोर्ट पुन: पोजेटिभ

  ।   २३ कार्तिक २०७७, आईतवार १३:५५

कार्तिक २३, काठमाडौं ।

होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना  रिपोर्ट पनि पोजिटिभ आएको छ । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुन: पोजिटिभ आएको हो।

पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए।

आज पनि उनले कोरोनाविरूद्ध लडाई केही लामै होला जस्तो अनुभूति भएको संकेत गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाइॅ केही लामै होला जस्तो पो छ त!’

Next Post

पूर्व एमालेको भेला, इश्वर पोखरेलद्वारा सम्बोधन

२३ कार्तिक २०७७, आईतवार १३:५५
काठमाडौं, २३ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका छन् । पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो । `हाम्रो उद्देश्य […]

सम्बन्धित