नेपालमा आउने मनसुनी प्रणाली भारतको केरला आइ पुग्यो

  ।   २१ जेष्ठ २०७८, शुक्रबार १२:०२

काठमाण्डौ, जेठ २१ ।

नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा आइ पुगेको छ। नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर बिहिवार बेलुका भारतको केरलामा आइपुगेको हो । त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको मौसमबिदको अनुमान रहेको छ ।

सन् २०१० देखि २०२० सम्मको औसत विवरण अनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा मनसुन आउने मौसमविद्ले बताएका छन्।
यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Next Post

जसपामा महन्थ ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम

२१ जेष्ठ २०७८, शुक्रबार १२:०२
काठमाडौँ, जेठ २१ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ । जसपाका एक कार्यकारिणी […]