सुर्खेत बाट एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

  ।   ८ असार २०८३, सोमबार २१:३०

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई नेपालगन्ज हुँदै काठमाडौं पठाउने तयारी भइरहेको छ । यस विषयमा सुरक्षा अधिकारीहरू छलफलमा छन् ।

स्थलमार्ग वा सुर्खेतबाट नेपालगन्ज लगेर त्यहाँबाट जहाजमा काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

Next Post

विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने

८ असार २०८३, सोमबार २१:३०
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने भएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेपछि एमाले नेताहरूले त्यसको विरोध गर्दै राजनीतिक प्रतिवाद गर्ने बताएका हुन् । एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ । एमाले महासचिव शङ्कर […]

सम्बन्धित