नेपालमा श्रीमानको मृत्यु भएको सुनेपछि `छिट्टै भेट्न आउँदैछु´ भन्दै साइप्रसमा श्रीमतीले गरिन् आत्महत्या

  ।   २३ मंसिर २०७७, मंगलवार १०:१६

काठमाडौं, मंसिर २३ ।

नेपालमा सवारी चालक रहेका आफ्ना पतिको मृत्यु भएको पिरले विदेशमा रहेकी एक युवतीले आत्महत्या गरेकी छन्।

दोलखाको गौरीशंकर गाउँपालिका-८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दुर्घटनामा परी मृत्यु भएको थियो। सोही रात युरोपियन मुलुक साइप्रसमा घरेलु कामदार रहेकी उनकी पत्नी २३ वर्षीया शुक्री तामाङले आत्महत्या गरेकी हुन्।

त्यहाँको प्रहरीको भनाइ उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएअनुसार शुक्रीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासूससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी छन्।

उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाग्रस्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मुटु, म आउँदै छु। हामी भेट हुनुपर्छ है।’ आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पुगेको थिएन। विवाहलगत्तै शुक्री २०१९ अक्टोबरमा साइप्रसको लार्नाका सहरमा घरेलु कामदार बनेर गएकी थिइन्। परिवारको आग्रह अनुसार उनको शव नेपाल ल्याइने बताइएको छ।

Next Post

आफ्नै छोरी बलात्कार गर्ने बाबू पक्राउ

२३ मंसिर २०७७, मंगलवार १०:१६
मंसिर २३, दैलेख । दैलेखमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । ३८ वर्षीय ति बावुले आफ्नै १४ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी उनले आफ्नै छोरीलाई बलात्कार गरेको बुझिएकाे छ । गत शुक्रबार दिउँसो साढे चार बजेतिर […]