
बिष्णु कुमारी जैशी
मङ्सिर-२, दैलेख ।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मुल नाराका साथ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय सुर्खेतको आयोजनामा उद्योग वाणिज्य संघ दैलेखको सभाहलमा उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा आय कर, मुल्य कर र अन्त शुल्क कर सम्बन्धी जानकारी गराइएको थियो ।
साथै आर्थिक ऐन ०८१ ले दिएको सुविधाहरु र कर सम्बन्धी समसामयिक विषयहरुमाथि छलफल गरिएको कर अधिकृत अमर थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ दैलेखका वरिष्ठ उपाध्यक्ष नरेन्द्रबहादुर थापा, पुर्व अध्यक्ष शान्ती शर्माले व्यापारीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।

