२४ घण्टामा ३१ सय २२ संक्रमित थपिए : २८ जनाको मृत्यु

  ।   १२ बैशाख २०७८, आईतवार १९:०९

बैशाख १२ काठमाडौ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो ।

९ हजार २९२ जनाको पीसीआर परीक्षाण गर्दा तीन हजार ३२ र  सात सय ८६ जनाको एन्टिजेन परीक्षणमा ९० गरेर आइतबार तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने अहिले ६९ जना क्वारेन्टाइनमा रहेका छन् । २४ घण्टामा ३१ सय २२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार ५ सय ७३ जना निको भएका छन् ।

Next Post

फोटो पत्रकार समुह दैलेख गठन, अध्यक्षमा नेपाली

१२ बैशाख २०७८, आईतवार १९:०९
बिनु भारती बैशाख १३, दैलेख ।  पत्रकार हिक्मतबहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको ९ सदस्यीय कार्य समिति चयन गरिएको छ । दैलेख सदरमुकाममा भएको स्थानीय तथा राष्ट्रिय संचार गृहमा कार्यरत पत्रकारहरुको भेलाले अन्नपूर्ण पोष्ट र ज्वाला सन्देश अनलाइनमा कार्यरत पत्रकार नेपालीलाई अध्यक्षमा चयन गरेको हो । […]