एमाले पुनर्गठनका लागि सुदूरपश्चिम प्रदेश स्तरीय भेला सुरु

  ।   ६ असार २०८३, शनिबार १८:०३

नगढीः नेकपा (एमाले) को पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय भेला शनिबार धनगढीमा सुरु भएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका एमालेका नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको छ।

भेलाको उद्देश्य गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्नु रहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जानकारी दिए।

सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा सहित कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ पनि भेलामा सहभागी छन्।

यसअघि कार्यदलले कोसी र लुम्बिनी प्रदेशमा यस्तै भेला आयोजना गरिसकेको छ। ती भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनमा जोड दिएका थिए। एमालेले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका अनुसार सुदूरपश्चिममा भेला सुरु गरेको जनाएको  छ । प्रदेशस्तरीय भेलाबाट संकलन भएका सुझावका आधारमा पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदन तयार गरिने जनाइएको छ।

 

Next Post

रास्वपाको महाधिवेशन प्रतिनिधिबाट २ करोड बढी रकम संकलन

६ असार २०८३, शनिबार १८:०३
रास्टिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चार हजार बढी प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। प्रतिनिधिहरूबाट मात्र करिब दुई करोड रुपैयाँ संकलन भएको छ। पार्टीमा हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। जसमा प्रतिनिधि […]