गुल्मीमा तीजमा माइत हिँडेकी महिला खोलाले बगाउँदा सम्पर्कविहीन भएकी छन् । मुसिकाेट नगरपालिका र इस्मा गाउँपालिकाकाे सिमानामा पर्ने निस्ती खाेलाले उनलाई बगाएको हो ।
मुसिकाेटकाे इन्द्रेगाैंडा घर भएकी २९ वर्षीया कल्पना पुन इस्मा-४ हुलस्थित माइत हिँडेकी थिइन् ।आइतबार साँझ खाेलाले बगाएको जानकारी गराएपछि प्रहरी र स्थानीय खाेजी कार्यमा लागिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
खाेजी कार्यमा इस्मा प्रहरी चाैकी र पाैंदीअमराईबाट प्रहरी टाेली खटिएको छ । खाेला तर्ने क्रममा खाेलाले बगाएको खबरपछि प्रहरी खटिएको हो । साेमबार बिहान साढे १० बजेसम्म कुनै अवस्था पत्ता लाग्न सकेको छैन् ।
