डोजरले किचेर एक जनाको मृत्यु

  ।   २६ आश्विन २०७७, सोमबार २२:१०

मनोज डाँगी 

असोज २६, रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा डोजरले किचेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ मलेगेनी खोला नजिकै सडक खन्ने क्रममा डोजर पल्टीएर किच्दा स्थानीय ३७ वर्षीय दिपेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता तथा प्रहरी निरिक्षक हरी ओलीले बताए।

उनका अनुसार गएराती ११ बजेर ४० मिनेटमा ओलीको घर नजिकै बाटो खनिरेहेको डोजर पल्टीदा ४० फिट तल गएको र डोजरले किच्दा ओलीको मृत्यु भएको हो ।

नविन कृष्ण कन्ट्रक्ससन प्रालीका सञ्चालक तेज बहादुर बोहराको रा १ क ११३७ नम्बरको डोजर रहेको र उक्त डोजर अहिले ठेकेदार कमल बुढा मार्फत सूचारु भैरहेको प्रहरीले जनाएको छ । डोजर चालक भने फरार रहेका छन् ।
यसैविच मृतक ओलीको आफन्तहरु भने आन्दोलित भएका छन् । उनिहरुले अहिलेसम्म शव बुझेका छैनन् । दोषीलाई कार्वाही नभए सम्म शव नबुझ्ने आफन्तहरुको अडान छ । अहिले दुबै पक्षलाई बोलाएर छलफल भैरहेको र घटना बारे थप अनुसन्धान जारी गरहेको प्रहरी प्रबक्ता ओलीले बताए।

Next Post

जुम्लाका डिएसपी काफ्लेलाई कोरोना संक्रमण

२६ आश्विन २०७७, सोमबार २२:१०
दिलमाया शाही  असोज २६, जुम्ला ।  जिल्ला प्रहरी कर्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेलाई कोरोना संक्रमण भएको छ । उनलाई आइतबार ज्वरो आएपछि पिसिआर परिक्षण गर्दा सोमबार कोरोना रिर्पोट पोजेटिभ देखीएको थियो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी होमआईशोलेसनमा बसेका छन् । […]