पछिल्लो २४ घण्टामा आजसम्मकै उच्‍च २७ सय २२ संक्रमित थपिए

  ।   १६ आश्विन २०७७, शुक्रबार २०:४७

पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र १६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७६० जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ४८ हजार ६८६ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ७६० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ४७४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
मन्त्रालयका अनुसार अहिले चार हजार ८८५ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार शुक्रबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

Next Post

समाजसेवी ट्राफिक प्रहरी

१६ आश्विन २०७७, शुक्रबार २०:४७
मनोज डाँगी  तुलसीपुर, असाेज १७ अस्थाई प्रहरी पाेष्ट गाेटिखाेला दाङमा कार्यरत ट्राफिक हवल्दार टेक बहादुर कुसारीले आफ्नाे छाेरीकाे जन्मदिनकाे अवसरमा एक पिडित परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेकाे छन् । हवल्दार कुसारीले छाेरी सुप्रिया कुसारीकाे पहिलो जन्मदिनकाे अवसर पारेर शुक्रवार तुलसीपुर उपमहानगरपालिका-३, खमारीस्थित ७६ बर्षीय चन्द्रबिर वलीकाे परिवारलाई खाद्यान्न सामाग्री सहयाेग […]