
मनोज डाँगी
कार्तिक ५, सल्यान ।
सल्यानमा बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको कालीमाटी गाउँपालिका–२, का २९ वर्षीय नारायणप्रसाद कँडेललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
उनी २०६५ चैतमा ६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए।
सर्बोच्च अदालतले २०७४ चैत ६ मा कँडेललाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो। दशैंमा अदालत बन्द हुँदा उनलााई अहिलेे कानुन बमोजिम जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सूचना अधिकारी ओलीले बताए।

