रेडपाण्डाको छाला सहित चार जना पक्राउ

  ।   ५ कार्तिक २०७७, बुधबार १५:३९

कार्तिक ५, सुर्खेत ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन्।

सुर्खेत प्रहरीले बीरेन्द्रनगर-६, गोदामलाइनको एक रेष्टुरेन्टबाट चार जनालाई नियन्त्रणमा लिएको छ।
रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ बस्ने ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ बस्ने ४० वर्षीय सबिता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले रेडपाण्डाको छाला बरामद गरेको हो। यसको लागत मुल्य चार लाख बराबरको रहेको प्रहरीको भनाइ छ ।

प्रकाउ परेकालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाइ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

Next Post

‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’

५ कार्तिक २०७७, बुधबार १५:३९
लेखक-रञ्जित तामाङ सरकारको के सन्देश बोकेर झापा जाऔं ? बुढा बा-आमा र जनतालाई के भनेर भेटौं ?’ सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो । त्यसो त […]