जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा

  ।   २८ श्रावण २०८३, बिहीबार ०९:४२

जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ।

पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरी टोली कार्यालयमा छापा मार्न पुगेको हो।

प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर गएको त्यहाँ कार्यरत एक कर्मचारीले बताए।

यसअघि बुधबार साँझ पत्रकार श्रेष्ठलाई प्रहरीले निवासबाटै पक्राउ गरेको थियो।

Next Post

रोल्पा पहिरो : २ जनाको मृत्यु १० जना बेपत्ता

२८ श्रावण २०८३, बिहीबार ०९:४२
अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा घर, पसल तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका र पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् । बुधबार राति करिब ८:४० बजे माथिबाट आएको पहिरोले कमलबहादुर पुन मगरको घरसहित घर र ढेब्ली गरी […]