फरार अभियुक्त ११ बर्षपछी पक्राउ

  ।   २१ आश्विन २०७७, बुधबार २१:३४

मनोज डाँगी
असोज २१, सल्यान ।

सल्यानमा छुरा प्रहार गरेर हत्या गर्ने एकजना ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी ११ वर्ष पछी पक्राउ परेका छन् ।

ब्यक्ति हत्या गरेर फरार भएका साविककाे कुपिण्डे गाविस वडा नम्बर-७, का ३६ बर्षिय हिम बहादुर बोहरालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेकाे हाे ।
२०६६ भाद्र २७ गते साविक अमर प्राथमिक विद्यालय पिपल चौताराको प्राङ्गणमा भलिवल खेल्ने क्रममा विवाद हुँदा साविक वडा नम्बर ७ कै १८ वर्षका रामलाल बिकलाई पेटमा छुरा प्रहार गरी बोहरा फरार भएका थिए ।
उक्त छुरा प्रहारबाट घाइते विकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । फरार रहेका बोहरा बाँकेमा लुकिछिपी बस्दै आइरहेको गोप्य सूचनाका आधारमा मंगलबार सल्यान प्रहरीकाे समन्वयमा बाँके प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई उनलाई अहिले प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

Next Post

कोरोनाका कारण कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु

२१ आश्विन २०७७, बुधबार २१:३४
महेन्द्र बिक  असोज २१, सुर्खेत । कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । बिरेन्द्र नगर नगरपालिका-७, निवासी ८२ बर्षिया एक महिलाको बुधबार मृत्यु भएको हो । बिगत लामो समयदेखी मधुमेह रोगबाट पिडित उनको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । […]

सम्बन्धित