बिप्लव नेतृत्वको नेकपा फुट्यो

  ।   १८ बैशाख २०७८, शनिबार १०:५८

 

काठमाडौँ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो ।

नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो सदस्य कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको धमलाले बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।

नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । ‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्‍याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफुलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।#कर्णालीसन्देशबाट

Next Post

सरकारले अब कोरोना बिमा नगर्ने

१८ बैशाख २०७८, शनिबार १०:५८
काठमाडौं । सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ । पहिलो बीमालेख चैत मसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकोले नयाँ बीमा नगर्न लागिएको हो । चैत मसान्तसम्म कोरोना […]