मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  ।   ३ भाद्र २०८३, बुधबार १८:२९

बुधबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ ।

प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले पक्षमा मत दिएका छन् । कांग्रेस १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका तीन सांसद भने बैठकमा सहभागी थिएनन् ।

नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति भएपछि अल्पमतमा परेका कांग्रेसका कमलबहादुर शाहले बिहीबार मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Next Post

सामुदायिक वनभित्र बन्दुक पड्किँदा एक जनाको मृत्यु

३ भाद्र २०८३, बुधबार १८:२९
कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए। उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको […]