रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार सूचीकृत

  ।   ४ पुष २०७७, शनिबार १८:४४

मनोज डाँगी 

रुकुम पश्चिम, ४ पौष ।

रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार सूचीकृत भएका छन् । पालिकामा रोजगारी माग गर्दै १४ हजार २ सय ६६ जनाले फारम भरेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम र नगर प्रमुख रोजगार कार्यक्रममा जोडिन उनीहरुले नाम दर्ता गराएका छन् । रुकुम पश्चिममा ६ वटै पालिकाले निश्चित समय तोकेर नाम दर्ता गराउन बेरोजगारहरुलाई समय दिएका थिए । तोकिएको समयमा चालु आर्थिक वर्षका लागि उनीहरुले फारम भरेका छन् ।

रोजगारीका लागि संघिय सरकारले दुई चरणमा बजेट पठाइसकेको छ । युवा स्वरोजगार कार्यक्रम र कामका लागि पारिश्रमिक कार्यक्रमका लागि भन्दै झण्डै सवा ७ करोड बजेट प्राप्त भएको छ । युवा रोजगार कार्यक्रमका लागि ३ करोड १० लाख २० हजार र कामका लागि पारिश्रमिक अन्तर्गत ४ करोड १ लाख ६५ हजार गरी ७ करोड ११ लाख ८५ हजार बजेट आउने निश्चित भएको हो । रोजगारसम्बन्धी कार्यविधिमा बेरोजगारलाई कम्तीमा सय दिनसम्मको रोजगारी दिने व्यवस्था छ ।।

Next Post

मन्त्रिपरिषद् पुनर्गठन : काठको ठेक्कापट्टा गर्ने नै वनमन्त्री, साहको रोचक प्रबेश, श्रीमान `आउट´ हुँदा श्रीमती `इन´

४ पुष २०७७, शनिबार १८:४४
मन्त्रिपरिषद्‍मा प्रभु साहको प्रवेश रोचक ढंगले भएको छ । प्रतिनिधिसभा विघटनलगत्तै उनले उक्त निर्णयलाई आत्मघाती भनेका थिए । साह केही दिन दाहाल–नेपाल समूहमा पनि लागे । उक्त समूहको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका उनी शुक्रबार मन्त्रीका रूपमा प्रकट भए । काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ […]