
जेठ-२२, दैलेख ।
दैलेखमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान १०:३४ मा भूकम्पको धक्का महसुस भएको हो।
दैलेखको नेपा आसपासलाई केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण प्राप्त नभएको जनाइएको छ ।
यसअघि सोमबार राति नै लम्जुङको तान्जे गाउँ केन्द्रबिन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

