
रुकुम पश्चिम असोज २९ ।
प्रहरी दिवसकाे अवसरमा ईलाका प्रहरी कार्यालय चाैरजहारी रुकुम पश्चिमले हिजो बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक कृष्ण डाँगीकाे कमाण्डमा गएकाे प्रहरी टाेली , प्रहरी वेश क्याम्प चाैरजहारी रुकुम पश्चिमकाे प्रहरी टाेली , स्वास्थ्यकर्मी र स्थानीयवासीकाे सहभागितामा उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
चाैरजहारी नगरपालिका वडा नं. १ मा रहेकाे मानव विकास तथा सामुदायिक सेवा अस्पताल र माईकी दर्का भगवती मन्दिरको सरसफाई कार्यक्रम गरिएकाे थियो।

