सुदुरपश्चिमले पायो नया सरकार मुख्यमन्त्री लगायत अन्ने चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

  ।   २९ श्रावण २०८३, शुक्रबार १८:३४

नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेशको मुख्यमन्त्रीका रूपमा पदभार सम्हालेसँगै शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए ।

नयाँ सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी भएका छन् । सन्तोषकुमारी थापा शर्मा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री भट्टसँगै एमालेका मन्त्रीहरूले पनि शपथ लिएका हुन् । नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिसकेको छैन ।

Next Post

भेरी पुलबाट हामफाली एक युवक ब्यपत्ता

२९ श्रावण २०८३, शुक्रबार १८:३४
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी नदीको  पुलबाट नदीमा हामफालेर एक युवक बेपत्ता भएका छन्। हाम फालेर ब्यपत्ता हुने युवक वीरेन्द्रनगर–३, तातापानी निवासी २० वर्षीय दिपक काफ्लेको रहेको उनका आफन्त नारायणप्रसाद पाण्डेले जानकारी दिएका छन्। घटनास्थलमा क्याप टोपी, मोबाइल, सेन्ट, चप्पल, मोजा, लिपकार्ड र चार्जर लगायतका सामान फेला परेका छन्। फेला […]