
काठमाडौँ — पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए ।
यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख १४ हजार ७७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८६१ पीसीआर परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर गरि ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


