चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

  ।   ६ जेष्ठ २०८०, शनिबार ०९:५७

जेठ-६, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् ।

रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Next Post

मधेश प्रदेश सरकारबाट माओवादी बाहिरियो

६ जेष्ठ २०८०, शनिबार ०९:५७
जेठ-९, जनकपुर — मधेश प्रदेश सरकारबाट माओवादी(केन्द्र) बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै माओवादी(केन्द्र)ले मधेश प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार फिर्ता बोलाएको हो । गत साता काठमाडौंमा गठबन्धन दलका शीर्ष नेता र मधेशका सत्तासीन दलका संसदीय दलका नेताहरुको उपस्थितिमा भएको छलफलमा […]