अटोको ठक्करबाट धनगढीमा १४ वर्षीय बालकको मृत्यु

  ।   २८ भाद्र २०८३, आईतवार २०:०७

कैलालीको धनगढीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा आइतबार दिउँसो करिब ३ः५० बजे दुर्घटना भएको हो । चौराहाबाट भन्सारतर्फ जाँदै गरेको से १ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा से १ स ६११ नम्बरको अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
अटो चालक धनगढी–२ आदर्शटोलका १८ वर्षीय अंकित गुप्ता रहेका छन् भने मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक थापाको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार बालकको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते दुवैलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा बालक विशाल गोतामेलाइ चिकित्सकले साँझ ४ः१५ बजे मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मृतकको पहिचान पछि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका विशाल गोतामेका १४ वर्षीय छोरा क्रिस गोतामेका रूपमा खुलेको छ ।
दुर्घटनापछि अटो, अटो चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

रुकुमा जिप दुर्घटना दुइ जनाको ज्यान गयो घाइतेको हेलिकप्टरमार्फत उद्धार

२८ भाद्र २०८३, आईतवार २०:०७
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको […]