नेकपा एसका आचार्य एमाले प्रवेश

  ।   १३ श्रावण २०८०, शनिबार १७:१४

कर्णालीलाइभ समाचारदाता

साउन-१३, काठमाडौ ।

एकिकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य निरज कुमार आचार्य एमाले प्रवेश गरेका छन् ।

भेरी नगरपालीका-१३, का वडा सदस्य समेत रहेका नेता आचार्यले समृद्द नेपाल निर्माणको अभियान माओवादी र काङ्ग्रेसको फेर समातेर नहुने भन्दैं नेकपा एसका सबै जिम्मेवारी त्यागेर एमाले प्रवेश गरेको बताए ।
‘दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी चरित्रको नेतृत्व सत्ता स्वार्थमा लिप्त भएपछि जनता र देशका मुद्दाको सुनुवाई नहुने निष्कर्षका साथ म आफ्नो मूल घरमा फर्केको हुं’ एमाले प्रवेश गर्दैं नेता आचार्यले भने ‘शुरुमा हामीलाई जसरी एमालेप्रती भड्काउने काम गरेपनि सच्चा राष्ट्रप्रेमी र जनपक्षिय काम गर्ने नेतृत्व र बिचार एमालेबाहेक कतै नभएपछि म एमालेमा लाग्ने निचोडमा पुगें ।’

आचार्यलाई एमाले केन्द्रीय पार्टी कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पार्टी प्रचार विभागका कर्णाली प्रदेश संयोजक निरज आचार्य, कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदतुमार शाहलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Next Post

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

१३ श्रावण २०८०, शनिबार १७:१४
कर्णालीलाइभ समाचारदाता ।  साउन-१७, तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको […]