एमालेका उपाध्यक्ष विष्णु पौडेल साधारण तारेखमा रिहा

  ।   १ श्रावण २०८३, शुक्रबार १९:०१

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समातिएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थुनछेक आदेश जारी गरेको हो। आदेशअनुसार पौडेल अब साधारण तारेखमा उपस्थित हुँदै मुद्दाको सुनुवाइ प्रक्रिया सामना गर्नेछन्।

Next Post

डडेल्धुरामा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु

१ श्रावण २०८३, शुक्रबार १९:०१
गए राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल […]