डडेल्धुरामा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु

  ।   २ श्रावण २०८३, शनिबार ०९:४४

गए राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ बर्षिय शुभम लोथ्याल र सोही ठाउँका २० बर्षिय हुम लोथ्याल छन् । जिप करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइते भएका छन् ।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ । जिपमा सवार ३ जना घाईते भएकाछन । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

फ्रान्सलाई ६–४ ले हराउदै इंग्ल्यान्ड तेस्रो

२ श्रावण २०८३, शनिबार ०९:४४
इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ।बुकायो साकाको ह्याट्रिकको मद्दतले फ्रान्सलाइ पराजित गरेको हो । इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो। फ्रान्सका कप्तान किलियन एमबापेले दुई गोल गर्दै गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्यासी बनेका छन्। फाइनल प्रवेश गर्न […]